धरहरा अभियन्ता युग मानव ध्रुबप्रसाद गजुरेलले भारत नेपाल साहित्य महोत्सव उत्तर प्रदेश वृन्दावन भारतमा भएको एक भब्य साहित्यिक कार्यक्रममा प्रशस्ति पत्र “ब्रज शिरोमणि” सम्मान 2025 प्राप्त गर्नु भएको छ ।

भरखर मात्र अमेरिकाको Cedarbrook University US ले चर्चित साहित्यकार एबं गजलकार धरहरा अभियन्ता युग मानव ध्रुबप्रसाद गजुरेललाई भारतको नयाँ दिल्लीमा भएको एउटा भब्य कार्यक्रममा सफल अभियन्ताको रूपमा GOLD MEDAL सहित मानार्थ विद्यावारिधि DOCTOR OF PHILOSHOPHY (PHD) उपाधि सहित सम्मान प्रदान गरिएको थियो ।
आजको भएको कार्यक्रममा उहाँले उक्त कार्यक्रममा आफैले प्रतिपादन गर्नु भएको सन्देश बिधाको जानकारी दिँदै एउटा सन्देश र आफैले प्रतिपादन गर्नु भएको लोकप्रिय नयाँ बहर घनु बहरमा एउटा गजल सुनाउदा भब्य ताली बजेर भारत र नेपालका साहित्यकारहरूले सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विन्दावन विकास समितिका CEO SB Singh ले उक्त प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रम सकेर उहाँ मीठो गजल भन्दै फोटो खिचाउदै ध्रुब गजुरेल र भाउजू गोमा गजुरेललाई समेत बधाई दिन भएको थियो ।
यस अगाडि बिराटनगरमा भएको यस्तै कार्यक्रममा उहाँ नेपाल भारत साहित्य अर्वाडबाट सम्मानित हुनु भएको थियो ।




