Comments Add Comment

Advertisment

SKIP THIS

असईबाट अभद्र व्यवहार बारामा म्यादी प्रहरीको प्रदर्शन

बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै