Comments Add Comment

Advertisment

SKIP THIS

पोखराको मेयरमा समाजवादीका आचार्यको अग्रता कायमै

०७ जेठ , काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का मेयरका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन्।

पोखरामा शनिबार दिउँसो २ः३० बजेसम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्ण थापाले ३० हजार ९४९ मतसहित पछ्याइरहेका छन्।

मेयरमा आचार्य र थापाको मतान्तर तीन हजार ३८७ रहेको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै मेयरमा राप्रपाका शङ्कर खरालले तीन हजार ८३५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले दुई हजार ३३५ मत प्राप्त गरेका छन्।

यसैगरी महानगरको उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाएका छन्। गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा कांग्रेसका कोपिला रानाभाटले ३४ हजार ८४७ मत ल्याएका छन् । गणनाको सुरुआतदेखि अग्रता बनाएका रानाभाट शुक्रबार रातिदेखि गणनामा पछि परेका हुन् ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।

गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै