Comments Add Comment

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने डीएसपी टेक कार्की

२६ जेठ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक बहादुर कार्की क्षेत्रि बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा डीएसपी कार्कीलाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

डीएसपी कार्कीले विभागिय मूल्यरमान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

साथै अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न डीएसपी कार्कीलाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै