Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्ला गाउँपालिकामा नारासिं विजयी

३१ बैशाख , काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिं रोकाय, उपाध्यक्षमा अमृता लामा र यो गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले विजयी भएका हुन्।

माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए भने त्यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए।

उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्।

कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए भने माओवादी एक्लै चुनावमा होमिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै