Comments Add Comment

भारतमा कोभिडबाट एकै दिन ४६ जनाको मृत्यु

१० जेठ , काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ। योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ। यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो। मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ। भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै