Comments Add Comment

Advertisment

SKIP THIS

बाँके जिल्ला ट्राफिकमा ईरिक्सा चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण

बाँके । नेपाल ई–रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा ट्राफिक बाँकेले चालकहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो । ट्राफिक नियमबारे चालकलाई जानकारी दिने उद्देश्यले एक महिने प्रशिक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ईन्चार्ज ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

‘जिल्लाभरि सञ्चालनमा रहेका ई–रिक्साका चालकलाई ट्राफिक नियमबारे जानकारी दिने हाम्रो उद्देश्य हो । सोहीअनुसार नै यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्नेछ,’ उनले भने । ई–रिक्सा चालकलाई प्रशिक्षण दिने कार्यक्रममा नेपालगन्जमा सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

चालकलाई ट्राफिक नियम, दुर्घटना हुने कारण, सडक लेन अनुशासन, ई–रिक्सा चलाउँदा चालकले ध्यान दिनुपर्ने कुरा र सवारीको अवस्थाका बारेमा प्रशिक्षण दिइने ट्राफिक प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

‘चालकलाई हामीले ट्राफिक नियमका साथै सवारी चलाउँदा ध्यान दिनुपर्नेलगायतका विषयमा जानकारी दिन्छौं,’ उनले भने, ‘चालकहरु पनि प्रशिक्षणबाट खुसी हुनुहुन्छ । ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता उहाँहरुले जनाउनुभएको छ ।’ अहिलेसम्म जिल्लाका पाँच सय बढी ई–रिक्सा चालकलाई प्रशिक्षण दिइसकिएको नेपाल ई–रिक्सा व्यवस्थापन प्रालि बाँकेले जनाएको छ ।

नेपाल ई–रिक्सा व्यवस्थापन प्रालिका अध्यक्ष कुमारसिंह ठकुरी ई–रिक्सा चालकले ट्राफिक नियम, लेन अनुशासन र दुर्घटना हुने कारणबारे ज्ञान हासिल गरेको बताउँछन् । ‘चालकहरु धेरै नियमहरुबारे ज्ञान भएको छ । यसले ई–रिक्सा चलाउँदा ट्राफिक व्यवस्थापन र दुर्घटना कम गर्न केही भए पनि सहयोग गर्छ,’ उनले भने, ‘जिल्लाका सबै स्थानमा यस्ता प्रशिक्षण दिनुपर्छ ।’

ट्राफिक नियमबारे ई–रिक्सा चालकलाई जानकारी नहुँदा दुर्घटना बढ्नुका साथै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको बताइन्छ । सबै ई–रिक्सा चालकलाई प्रशिक्षण दिन सकिए दुर्घटना केही भए पनि कमी आउने ट्राफिक प्रहरीले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै