१० जेठ , काठमाडौं । नेपाल प्रहरीमा ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
नेपाल प्रहरीका पाँच डीआईजी जेठमा एआईजीमा बढुवा हुने
हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरुमध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् । एआईजी लामा अनिवार्य अवकाशमा, यी पाँच डीआईजी एआईजीमा बढुवा हुँदै
हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
हेर्नुहोस् सूची :





