काठमाडौं: जिल्ला प्रहरी कार्यालय, बागलुङको प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कंडेलले आफ्नो कार्यभार सम्हालेका छन् ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले बागलुङ प्रहरीकै कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसपी कंडेलले पदभार ग्रहण गरेका हुन् ।
एसपी कंडेल प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल छन् । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी कंडेलले बागलुङ जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी उपरीक्षक कंडेलले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् । अपराध र अपराधी विरूद्ध कठोर भएर उभिने बताए ।

उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने उनले बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी कंडेलले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।






