Comments Add Comment

Advertisment

SKIP THIS

पर्सा प्रहरीदद्वारा दुई करोड बढी मूल्य बराबरको विभिन्न ब्राण्डका लत्ताकपडाहरू बरामद

काठमाडौं : दुई करोड बढी मूल्यको अवैध सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले २ करोड २० हजार बराबर मूल्यका विभिन्न ब्राण्डका लत्ताकपडाहरू बरामद गरेको हो।

वीरगन्ज नगरपालिका- ६ तुल्स्यान मार्केट पमपम बिल्डिङको कोठा भाड लिइ पसल सञ्चालक वीरगञ्ज महानगरपालिका १६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ता र वडा नम्बर ६ मा बस्ने ४४ वर्षीय रामएकवला कुशवाहको गोदाम तथा अन्य गोदामबाट सर्टिङ सुटिङ तथा कपा,सर्ट,पाइन्ट थान कपडा,सुती प्रिन्टेड कपाहरूलगायत दुई करोड मूल्यको सामान बरामद भएको प्रहरीले जनाएको छ।

पम्पम बिलडिङको ९ वाटा कोठामा भन्सार छलीका विभिन्न ब्राण्डको कपडा भाण्डार गरी राखेको सुचना पाए लगतै पर्सा प्रहरीले छापा हानेको हो । उक्त गोदामबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । धेरै परिमाण्मा कपडा बरामद भएपछि प्रहरीले छापामारी जारी राखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोदाममा भन्सार छलीका विभिन्न ब्राण्डको कपडा भाण्डार गरी राखेको गोदाम मध्ये काजल इम्पेक्सको गोदाममा छापामारी भइरहेको र बाकी गोदामका साहुहरु फरार रहेका छन ।

बरामद सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै