Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा महिलाले १० लाखको हिरा फेला पारेपछि…

११ जेठ , काठमाडौं । भारतको मध्यप्रदेश राज्यस्थित पन्ना जिल्लाको एउटा गाउँकी महिलाले खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।

भारतीय समाचार सञ्जाल न्युज १८ का अनुसार इट्वाकाला गाउँमा बसोबास गर्दै आएका महिला र उनका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताएका छन् । उनी पेसाले किसान हुन् ।

जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए ।

ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए । सरकारी राजश्व र अन्य रोयल्टी काटेपछि उक्त हिरा फिर्ता दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै