Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे ट्राफिकको लागूपदार्थ र मापसे चेकजाँच अभियान

सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागूपदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच गरेको छ ।

कार्यालयले Drug Test Kit र Breathalyzer को प्रयोग गरी सवारी चालकले लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ/छैन चेकजाँच गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेश सिलवालको कमाण्डमा जनपद प्रहरीसहितको संयुक्त टोलीले चेकजाँच गरिएको हो ।

अरनिको राजमार्ग र बि.पि. राजमार्गमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उदेश्यले ३४ जना चालकहरुलाई Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागूपदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच गरिएको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।

इन्स्पेक्टर सिलवालका अनुसार ३४ सवारी चालकलाई चेकजाँच गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ देखाएकोले आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपामा बुझाइएको छ । कार्यालयले लामो दूरीमा चल्ने भाडाका सार्वजनिक यात्रुवाहक सवारी साधन तथा पनौती, धुलिखेल र बनेपा क्षेत्रका स्थानीय रुटका लोकल सार्वजनिक सवारी साधनका चालकहरुलाई चेकजाँच गरेको थियो ।

सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको यस कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिइने समेत इन्स्पेक्टर सिलवालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै