Comments Add Comment

Advertisment

SKIP THIS

सडकको ढल जाम भएर यातायात प्रभावित ट्राफिकले खुलाए-सडक विभाग बेपत्ता

आज काठमाडौंकाे केही ठाउँमा परेको निकै ठुलो पानीले काठमाडौंको सडक र गल्ली भरिदा जनजीवन केही समय प्रभावित भयो ।

मुसलधारे पानी परिरहेको थियो ट्राफिक प्रहरी हातमा विभिन्न सामाग्री लिएर जलमग्न सडक खुलाउन काममा ब्यस्त थिए । क्षणभरमै ताल बनेको सडक खुलाउन ट्राफिकहरु पानीमा काम गरिरहदा सडक विभाग र स्थानीय सरकार बेखबर हुनु गैरजिम्मेवारीकाे पराकाष्ठा नै हाे ।

राजधानी जस्तो व्यस्त शहरकाे सडक पानी भरिएर यातायात अबरुद्ध हुनु आफैंमा लाजमर्दो विषय भएको उक्त क्षेत्रमा यात्रा गरिरहेका यात्रुहरु गुनासो गरिरहेका थिए ।काठमाडौका धेरै सडक अलिकति पानी परेपनि जलमग्न हुन्छन् । जथाभावीकाे ढल सडकमा जम्मा भएर यातायात प्रभावित हुन्छ ।तर त्यो खुलाउने काम ट्राफिक प्रहरीले गर्छ ।

सडकमा भरिएको पानीले घरको ढोकामा पनि जलमग्न भएर बाहिर भित्र गर्न असहज भयो । यस्तै पुतलीसडक,नयाँ बानेश्वर, तिनकुने, शान्तिनगर लगायतका केही क्षेत्रमा केही समय सडक नै अबरुद्ध भयो केही सवारीसाधन पानीमै डुबे । वर्षाले गर्दा काठमाडौँको अनामनगर र घट्टेकुलो जलमग्न भयो । काठमाडौंको पुतलीसडक, घट्टेकुलो, अनामनगर, डिल्लीबजार, मैतीदेवी लगायतका क्षेत्रका भित्री गल्ली जलमग्न भएपछि स्थानीय केही समय आत्तिएका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएका ट्राफिक प्रहरीहरु पुतलीसडककाे अबरुद्ध सडक खुलाउन पानी-पानी काम गरिरहेका थिए । लगातार एक-दई घण्टा जति काम गरेपछि जलमग्न सडकको पानी कम भयो । अनि साँझ उक्त क्षेत्रकाे सडक सुचारु भयो ।ट्राफिक प्रहरीले फसेका दर्जन बढि सवारीसाधनकाे समेत उद्वार गरेको थियोे ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै