Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं-७ मा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी

२३ असोज , काठमाडौ । काठमाडौं निर्वाचन क्षेत्र ७ मा नेकपा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी परेको छ । मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मानन्धर यसअघिका निर्वाचनमा एमालेबाट काठमाडौं ७ बाट निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनलाई पार्टीले टिकट दिएको थिएन ।

मानन्धरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको बताए । उनले अझै पनि समय रहेको भन्दै नेताहरुले सोच्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment