Comments Add Comment

Advertisment

SKIP THIS

एमालेका सांसदहरुले होहल्ला गरेपछि संसद बैठक स्थगित

१३ जेठ , काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सांसदहरुले होहल्ला गर्दै अवरुद्ध गरेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयल निगमलाई निजीकरण गर्न लागेको भनाइ आधारहीन र राजनीतिक पूर्वाग्रह रहेको बताएपछि एमालेका सांसदहरुले आपत्ति जनाएका थिए ।

मन्त्री बडू बोल्दै गर्दा एमालेका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए । त्यसपछि एमालेका सांसदहरु उठेर होहल्ला गरेका थिए ।

एमालेको विरोधपछि सभामुख अग्नि सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिएका थिए । तर, भट्टराईले समेत मन्त्री बडूले बोलेको शब्दहरु रेकर्डबाट हटाउन र आयल निगमको घाटाबारे छानविन समिति बनाउनुपर्ने बताएका थिए ।

अधिकारीले मूल्य समायोजनका लागि छानविन समिति गर्न माग गर्दै मन्त्री बडूले बोलेका आपत्तिजनक शब्द नहटाएसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै