Comments Add Comment

Advertisment

SKIP THIS

‘खै कुरा बुझेको ?’का निर्देशक जोशीलाई अवार्ड

१३ जेठ , काठमाडौं । दुबईमा सम्पन्न भएको ‘दोस्रो ग्लोवल इन्टरनेशनल अवार्ड’मा टेलिफिल्म ‘खै कुरा बुझेको ?’का लेखक तथा निर्देशक समीर जोशीले ‘उत्कृष्ट निर्देशक’को अवार्ड पाएका छन् ।

हालै वल्ड वाइड मिकिडया नेटर्वकद्वारा आयोजित उक्त अर्वाड कार्यक्रममा सहभागी हुन नसकेका उनलाई नेटर्वकका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपालमै अर्वाड प्रदान गरेका छन् ।

जोशीले निर्देशन गरेका सामाजिक तथा पारिवारिक कथावस्तुमा प्रस्तुत गरिएको ‘खै कुरा बुझेको ?’ डिश होमको रियालिटी टिभीबाट प्रसारण गरिएको थियो ।

लामो समयदेखि चत्रचित्र निर्देशक तथा सञ्चारकर्मीको रुपमा सक्रिय जोशी आफूले उत्कृष्ट निर्देशकको अवार्ड पाएपछि आफ्नो कार्यमा थप उर्जा र हौसला बढेको बताए ।

‘खै कुरा बुझेको ?’ टेलिफिल्ममा विशेषगरी सामाजिक र पारिवारिक विषयवस्तु उठान गर्न खोजिएको निर्देशक जोशीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै