Comments Add Comment

Advertisment

SKIP THIS

पर्साको वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ

पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट सोमबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बी.आर. ०५ एजेट ७५७४ नम्बरको मोटर साइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० वर्षीय अफ्रोज अहमदले सो रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका अहमदको साथमा फेला परेको रुपैयाँमा १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट रहेको छ । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै