तनहुँ जिल्लामा उत्कृष्ट ढंगले कार्य सम्पादन गरे वापत प्रहरी उपरीक्षक रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । ६ महिना अगाडि तनहुँ प्रहरीको जिम्मेवारी सम्हाल्नु भएका रेग्मीले विभिन्न घटनमा संलग्न व्यक्तिहरुलाई तत्काल कार्वाहीको दायरा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । प्रहरी प्रमुख रेग्मीको निर्देशनमा केही समय अगाडि व्यास ११ स्थित रानी गाउँमा भएको हत्या काण्डमा संलग्न व्यक्तिहरुलाई प्रहरीले २४ घण्टाको अवधिमा प्रकाउ गर्न सफल भएको थियो ।त्यस्तै पल शाहलाई हिरासतमा लिने क्रममा असहज परिस्थिती सिर्जना हुँदा समेत प्रहरी प्रमुख रेग्मीको नेतृत्वमा रहेको तनहुँ प्रहरीले परिस्थितीलाई सामान्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
त्यस्तै व्यास –४ मा भएको आगलागीको घटनाको समयमा समेत प्रहरी उपरीक्षक रेग्मीको नेतृत्वमा रहेको तनहुँ प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गरेको थियो । त्यसैगरी प्रहरी उपरीक्षक रेग्मीले तनहुँ प्रहरीको नेतृत्व सम्हाल्लेको ६ महिनाको अवधिमा प्रधानमन्त्री शेरबहादुर देउवा दमौली आउँदा समेत सुरक्षा उत्कृष्ट सुरक्षा व्यवस्था मिलाएको थियो । 






