१५ जेठ , काठमाडौं । पोखराबाट जोमसोमतर्फ आज बिहान उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा १९ जना र ३ सदस्यी चालक दल रहे पनि उनीहरुको अवस्था अझै अज्ञात छ ।
विमानलाई आज बिहान ९ः५५ मा क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उनीसहित चालकदलमा उत्सव पोखरेल र किस्क्री थापा थिए ।
यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।






