Comments Add Comment

Advertisment

SKIP THIS

गगन थापाले दिए भीम रावललाई खुला चुनौति

१५ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले एमसीसीबारे एमाले नेता भीम रावललाई खुला चुनौति दिएका छन् । उनले एमसीसी राष्ट्रघाती भएको बताउने भीम रावलसँगै जहाँसुकै बहस गर्न तयार भएको बताए । उनले नेपालमा एमसीसी ल्याउन भीम रावलको पनि भूमिका भएको भन्दै पानी माथिको ओभानो नबन्न चेतावनी दिए ।

प्रतिनिधिसभा बैठकमा उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन पनि चुनौति दिए । ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरुले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु’ उनले भने ।

 

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको व्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्रघाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिए । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै