प्रधानमन्त्री बन्ने हुटहुटी ! -
Comments Add Comment

प्रधानमन्त्री बन्ने हुटहुटी !

२८ कात्तिक , काठमाडौ । राजनीतिलाई निश्चित गन्तब्यमा नजोडी लाभ र हानीसँग जोडिन पुर्याइयो भने त्यहाँ जस्तोसुकै पतिस्थितिमा पनि गठजोड प्रवृतीको हावी हुन्छ ।

राजनीतिक ब्यक्तिले सिद्वान्तलाई लेप लगाएको हुन्छ नै तर कुनैपनि राजनीतिक पार्टी तथा त्यो पार्टीका नेताहरुले कर्तब्य बिर्सेर लिएको गन्तब्यले न जनताको हितमा काम गर्न सक्छन , न त देश बिकासमा जोड दिन्छन नै । स्वार्थ जोडिएको हुन्छ केवल राजनीतिक लाभ, नाफा अनि घाटामा ।

अहिले संघ र प्रदेशको चुनाव नजिक आइसकेको छ । दलहरुको चुनाव प्रचार ब्यापक छ । प्रायस् ठूला दलहरुले आफ्ना नेता भावी प्रधानमन्त्री बन्ने भनेर ठोकुवा गरेका छन । माओबादी अध्यक्ष प्रचन्डले हरेक भाषणमा अवको प्रधानमन्त्री बन्ने पालो मेरो हो । देउवालाई मैले पहिलै बनाइसकेको छु । अब म जसरी नि प्रधानमन्त्री बन्ने हो भनेर जनताको अगाडि कार्ड फालेका छन र उनमा कांग्रेसले सघाउंछ कि सघाउँदैन भन्नेमा आशंका र हुटहुटी पनि छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवामा उमेर ढल्किंदासमेत अझै छैटौं पटक प्रधानमन्त्री बन्ने जोस र जाँगर मरेको छैन । प्रकाशसरण महतले हरेक कार्यक्रममा भन्दै आएका छन कि, अवको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन । उता कांग्रेस भित्र पूराना बयोबृद्व नेता रामचन्द्र पौडेल पनि जीवनको अन्तिम घडीमा प्रधानमन्त्रीको कार्ड देउवाले फालिहाल्छन कि भनेर आश्वासनको तान्द्रोमा झुन्डिइरहेका छन ।

त्यस्तै कांग्रेसका युवा नेता गगन थापासमेतले अवको भावी प्रधानमन्त्री म नै हुं भन्दै हिडेका छन । यसरी छोरा पाउनु कहिले कहिले , कान्दानी बाट्ने अहिले भनेजस्तो गठबन्धनका हरेक दलका नेताहरुले आफू नै प्रधानमन्त्री बन्ने हो भनेर ठोकुवा गर्दै गर्दा आम कार्यकर्ता र मतदाता अन्योलमा परेका छन । उसै त देउवा नेतृत्वको गठबन्धनको सरकार बनेदेखि यता अहिलेसम्म देश बिकास र जनताको आधारभूत आवश्यकताका परिपूर्ती गर्ने कुराहरुमा कमै चासो दिइएको पाइन्छ ।

महंगी र भ्रस्टाचारले डाँडो काट्दासमेत सरकारमा सामेल भएका हरेक दलहरुको समय भने राज्यका हरेक निकाएमा भागबन्डा लगाउँदैमा सीमित हुन पुग्यो र अवको चुनावपछि पनि भन्दैछन स् सरकार हाम्रै हुन्छ, प्रधानमन्त्री, रास्ट्रपति, उपरास्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, रास्टृय सभाका अध्यक्षलगाएत राज्यका हरेक संबैधानिक नियुक्तिमा हामी भागबन्डा लगाउँछौ, अहिले भाग नपाउनेहरुको लागि सरकार आएपछि हरेक तह तप्कामा मिलाउँछौ भन्दै गठबन्धनका नेताहरु चुनावी भाषण गर्दै हिडेका छन ।

त्यस्तै नेकपा एमालेबाट भावी प्रधानमन्त्रीकोरुपमा अध्यक्ष केपी ओलीलाई अगाडि सारिएको छ र भनिएको छ : ूकेपी ओलीको नेतृत्वमा नै देशमा बिकास र समृद्विको यात्रा अगाडि बढाउन सजिलो हुन्छ । हामीमा गठबन्धन सरकारका दलको जस्तो प्रधानमन्त्री बन्ने होडवाजी छैन । पार्टीका एक नेताले भने पहिला पार्टी भित्रका चरम गुटबन्दी गर्ने नेताहरु छुट्टिएर गएका छन ।

अब पार्टी भित्र पदकै लागि खासै बिद्रोह गर्ने नेता तथा कार्यकर्ताहरु छैनन , बरु यो पार्टी हाम्रा पिलर कार्यकर्ताले धानेको पार्टी हो । हाम्रो संगठन मजवुत भएर नै पाँच पाँच दल एकातिर हुँदा पनि हामीले एकाध क्षेत्रमा गठबन्धन नभइ तालमेल गरेका छौं, त्यही पनि रास्टृय मुद्वा मिल्ने शक्तिसँग । फेरि हामीमा प्रधानमन्त्री हुने होडवाजी पनि छैन ।

तसर्थ हामी ढुक्क छौं । यसरी नेकपा एमालेका नेताहरुको भनाई जे जस्तो भएपनि उक्त पार्टीको आन्तरिक राजनीति अझै संङ्लिइ सकेको छैन । काठमांडौ राजधानी क्षेत्रको कुरा गर्ने हो भने जुनसुकै पार्टीका पनि काँठमा बसोबास गर्ने र बाहिरबाट आई बसोबास गर्नेहरुमा मनस्थितिमा केही द्वन्द्व हो कि जस्तो आभास पाइन्छ ।

काठमांडौको राजनीतिमा प्रायस् नेवारी सम्प्रदायले पनि धेरै फरक पारेको पाइन्छ । यसरी हरेक दलका प्रधानमन्त्री हुने चुनावी मुद्वाले जनतामा केही प्रभाव त पर्छ नै । तथापी गत स्थानीय चुनावमा काठमांडौ महानगरमा स्वतन्त्रबाट बालेन शाह र धरानबाट हर्क साम्पाङजस्ता केही ब्यक्तिको उदय भएपछि स्वतन्त्ररुपबाट नेपालको राजनीतिलाई नियालिरहेका केही युवाहरु अहिले प्रतिनिधिसभाको उमेदवार दिएर पचार प्रसारमा तीब्रता दिएका छन । अर्कातिर रवी लामिछानेले पनि रास्टृय स्वतन्त्र पार्टी खोलेर रास्टृय राजनीतिमा ब्रान्डेड बनेका ठूला दलहरुलाई चुनौती दिएका छन । उनको सपना प्रधानमन्त्री बन्ने नभएपनि आफू पनि रास्टृय राजनीतिमा स्टार बन्ने दाउ राखेका छन ।

बिगतमा ठूला दलहरुको आचरणमा सुद्वता नआएकोले पनि अहिले स्वतन्त्ररुपबाट चुनावी प्रतिष्प्रधामा भाग लिने ब्यक्ति या नयाँ दलहरुको चुरीफुरी बढेको देखिन्छ । यसले गर्दा पूराना ठूला दलका नेताहरुलाई मनमा शंकाको बादल मडारिए पनि प्रधानमन्त्री बन्ने र हरेक निकाएमा भागबन्डाको राजनीतिक भुतको छायाँले सताइराखेको छ ।

तैपनि, सवभन्दा प्रधानमन्त्री को हुने भन्ने हुटहुटीको बादल भने गठबन्धनका नेताहरुमा मडारीइराखेको छ ।
खिमराज गिरी ,काठमांडौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds