Comments Add Comment

१७ करोड मूल्यबराबरको लागुऔषध कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं / १७ करोडभन्दा बढी मूल्यबराबरको लागुऔषध कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सरचिप मेजोरम ठेगाना भएकी ४५ वर्षकी भल्ला लामी र सोही स्थानकी २९ वर्षकी इस्टर लालिम्पुरी रहेका प्रहरीले जनाएको छ। भल्ला लामी त्रिभुवन विमानस्थल हुँदै नयाँ दिल्ली कोकिन लैजान लागेको अवस्थामा र लालिम्पुरी ठमेलस्थित होटेलबाट पक्राउ परेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते करिब सवा ११ बजे इन्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेको अवस्थामा भल्ला लामीले लगेजभित्र चारवटा लेडिज ब्यागमा फल्सबटम बनाई लुकाएको अवस्थामा २.८८७ केजी कोकिन फेला पारेको थियो।

त्यसैगरी, विशेष सूचनाको आधारमा सोही दिन करिब सवा ५ बजे ठमेलस्थित होटेलबाट लालिम्पुरीको सुटकेसभित्र फल्सबटम बनाई लुकाएको अवस्थामा ५ केजी कोकिन फेला परेको खनालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै