Comments Add Comment

Advertisment

SKIP THIS

अझै भेटिएन तारा एअरको बेपत्ता विमान

१५ जेठ , काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको बेपत्ता तारा एअरको विमानको खोजीकार्य अझै जारी छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटर ९ एनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

त्यसपछि विमान बेपत्ता छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्यका लागि फिस्टेल एअरको हेलिकोप्टर परिचालन गरिएपनि खराब मौसमका कारण हेलिकोप्टरहरु खोजी अभियान स्थगित गरी पुनः जोमसोम नै फर्केको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मौसम सफा हुनासाथ खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयार रहेको जनाइएको छ ।

खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट त्यसतर्फ पठाइएको पनि नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै