Comments Add Comment

Advertisment

SKIP THIS

किसानले पेन्सन पाउने

१५ जेठ , काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम घोषणा गरेका छन् ।

अर्थमन्त्रीले ‘किसानसँग सरकार’ कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजनाको घोषणा गरेका हुन् । यसको सुरुआत गर्न किसान हित कोषको स्थापना गरिने उनको भनाइ छ ।

यसका लागि १ अबै रुपैयाँ छुट्याइएको उनको घोषणा छ । उनको बजेट भाषण चलिरहेको छ ।

हिजो प्रतिनिधि सभाले सरकारका नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । ४ बजेबाट अर्थमन्त्रीले संसद्मा सम्बोधन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै