Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीले जुवा मुद्दामा फरार रहेका पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जुवा मुद्दामा जिल्ला अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरी छन् ।

चौधरीलाई धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा रु ५० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार भएका चौधरीलाई जनकपुरधाम १ रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।आईतबार पक्राउ परेका चौधरीलाई सोमबार धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै