जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख अविनारण काफ्ले पुरस्कृत तथा सम्मानित भएका छन् । सप्तरी जिल्लाभर स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गर्ने जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीले
सम्मान गरेका हुन ।
सप्तरी जिल्लामा स्थानीय तहको निर्वाचन चुनौतीपूर्ण माहोलका बिच मतदान स्थलमा शान्ति सुरक्षा कायम राख्दै निर्वाचन सफल बनाउनका लागि उत्कृष्ट कार्य प्रस्तुत गर्ने एसपी अविनारण काफ्लेलाई मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवाली र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रशंसा पत्र सहित सम्मान गरेका छन् ।
‘नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपश्चात उच्च मनोबलका साथ अहोरात्र फिल्डमा खटिएर सुरुदेखि नै आफ्नो कर्तव्य निर्वाह गरेर स्थानीय तहको निर्वाचनलाई सफल रुपमा शान्तिपूर्ण रुपमा, स्वच्छ वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको हुनाले जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुखलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।



