Comments Add Comment

Advertisment

SKIP THIS

किशोर मृत फेला परेपछि अछामको विनायक तनावग्रस्त

२१ जेठ , काठमाडौं । अछामको पंचदेव विनायक नगरपालिका-४ तल्लको कुच्चीमा किशोर मृत फेला परेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।

जेठ १७ गते बेपत्ता भएका १७ वर्षीय विनोद शाही शनिबार विहान मृत फेला परेपछि स्थिती तनावग्रस्त बनेको छ । सो स्थानमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

मृतक शाही एमाले निकट भएकाले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएर प्रदर्शनमा उत्रिएका छन् । शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान नदिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । उनका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालयमासमेत तोडफोड गरेका छन् । अवस्था सामान्य बन्न नसकेको र घटनास्थलमा प्रहरीलाई जान नदिएको प्रजिअ मरासेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै