Comments Add Comment

दुर्घटनामा घाइते भएका राप्रपा नेताको मृत्यु

२२ जेठ , काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उनको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै