Comments Add Comment

Advertisment

SKIP THIS

कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई प्यानलको उम्मेदवारी

२२ जेठ , काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । जेठ २८ गते हुन लागेको संघको चुनावी अधिवेशनका लागि आइतबार दुई प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष, पदाधिकारी तथा सदस्य पदका लागि वर्तमान अध्यक्ष पुष्प कुँवर र हार्डवेयर व्यवसायी सुरेन्द्र राठी छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए ।

कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्र रूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

कुँवरको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भीष्मराज ओझा (अबु) र सचिवमा सुरेश पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन् ।

राठी प्यानलमा वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, वाणिज्य उपाध्यक्षमा केशव जोशी, वस्तुगत उपाध्यक्षमा केशव पाण्डेय, महासचिवमा सिद्धराज पनेरू, कोषाध्यक्षमा रंजन शर्मा र सचिवमा महेन्द्रबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि आइतबार बिहानै अध्यक्षका उम्मेदवार राठीले पत्रकार सम्मेलनको आयोजना गर्दै नया“ सोच, विचार र योजनाका साथ संघलाई अघि बढाउन आफुले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । राठी कैलाली हार्डवेयर संघका पूर्व अध्यक्ष समेत हुन् ।

संघका वर्तमान अध्यक्ष पुष्प कुँवर आफ्नो कार्यकालमा कोभिड– महामारीका कारण राम्रो संग काम गर्न नपाएको भन्दै फेरी दोहोरिने मुडमा रहेका छन् । यसअघि अध्यक्ष पदमा प्यानलनै निर्माण गरि रुपेश स्वाँर पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा थिए । तर, अध्यक्षमा कुँवरलाई सर्वसम्मत बनाउन छलफल भएपछि उनी पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै