Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकाको शान्ति,सुरक्षाको जिम्मेवारी एआईजी रविन्द्र धानुकलाई

२४ जेठ , काठमाडौं । देशकै सबैभन्दा संवेदनशील र महत्वको ठाउँ मानिएको संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र धानुकलाई सुम्पिएको छ । सोमबार बसेको मन्त्री परिषद्ले एआईजीहरुको बढुवा र पदस्थापनासँगै धानुकलाई ‘भ्याली कमाण्ड’को जिम्मा लगाएको हो ।

प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित धानुकमा बढुवासँगै उपत्यकाभित्रको सुरक्षा व्यवस्थाको चुस्तता र आपराधिक क्रियाकलापलाई निमिट्यान्न पार्ने जिम्मेवारीसमेत थपिएको छ ।

पछिल्लो समय राजनितिक अस्थिरतासँगै प्रहरी संगठनमा निर्वतमान आईजी शैलेश थापा क्षेत्रीको कमजोर कमाण्डका कारण संगठनको साख गिर्ने क्रममा रहेको अवस्थामा प्रहरी संगठनमा एकपछि अर्को उत्कृष्ट बढुवा र पदस्थापनको निर्णय गरेसँगै सरकार शान्तिसुरक्षा, अमनचयन र संगठनप्रति सरकारले ठूलो आशा राखेको प्रष्ट भएको छ ।

संगठनमा राजनीतिक हस्तक्षेपसँगै उपत्यकामा अपराधिक क्रियाकलाप पनि मौलाउँदै गएको अवस्थामा सरकारले संगठनका साथै उपत्यकाका लागि पनि नयाँ कमाण्ड खटाएको छ ।

विगत दुईवर्ष यता राजधानीमा मौलाएको अपराधलाई निर्मूल पार्ने जिम्मेवारी एआईजी रविन्द्र धानुकले पाएका छन् । संगठनको निवर्तमान नेतृत्वका कारण लथालिंगर अस्तव्यस्त भएको संगठनको साख जोगाउने वर्तमान नेतृत्वको अभियानमा साथ दिनेगरी धानुकले जिम्मेवारी पाउनु संगठनभित्र कम राजनीतिक हस्तक्षेप र मुलुकको शान्तिसुरक्षाको अवस्थामा सुधारको संकेत पनि हो ।

नेपाल प्रहरीको इतिहासमा उपत्यकाका प्रमुख जिल्ला ललितपुर र काठमाडौं परिसरको जिम्मेवारी सम्हालेका धानुक पहिलो प्रहरी अधिकृत पनि हुन् । यसैबाट पनि उनको क्षमता, दक्षता अनि कमाण्ड पुष्टी हुन्छ । ललितपुर परिसर र काठमाडौं परिसरको जिम्मेवारी लिई उत्कृष्ट कार्यसम्पादन गरिसकेका धानुक उपत्यकाको वस्तुस्थितिबारे पूर्ण जानकार छन् ।

एआईजी धानुकलाई पछिल्लो समय उपत्यकामा संगठीत रुपमै अवैध जुवा, मिटरब्याज, सहकारीको नियोजित ठगी, संगठित रुपमा सुुन तस्करी, वेश्यावृत्तिको र्याकेट, क्लब र डिस्कोथेकमा दिनहुँ बाउन्सरबाट गेस्टको रामधुलाई, वृत्तका प्रहरी असुलीमा व्यस्त जस्ता संगठीत अपराधको जालो च्यात्न चुनौति पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै