Comments Add Comment

Advertisment

SKIP THIS

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

२६ जेठ , काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले मलको अभावका कारण किसानहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपालि धानको उत्पादनसमेत घट्ने छ उनले भने। सांसद त्रिपाठीले प्रहरीका घुमुवाले बिचौलियाको काम गरिरहेको पनि जिकिर गरे।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै