Comments Add Comment

Advertisment

SKIP THIS

आँबुखैरेनी–मुग्लिन सडक खण्ड भोलि बिहानसम्म बन्द हुने

२७ जेठ , काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने भएको छ ।

आँबुखैरेनी–४ पावर हाउसनजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको सो सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गरिएको हो ।

बिहान सडक भासिएपछि सो ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भएका थिए । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।

डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिए ।

सडक भासिएर सो ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै