Comments Add Comment

Advertisment

SKIP THIS

विपत्तिले झरेको आँसु पुच्छ्दै पूर्वमन्त्री भण्डारी

२९ जेठ , काठमाडौं । आफन्तलाई गुमाउनुको पीडा सबैलाई असह्य हुन्छ । तनहुँको भानु नगरपालिका–११ सुन्दरवस्तीकी ५८ वर्षिय सुकमाया गुरुङलाई अविरल वर्षा आँसुमा परिणत भएको छ । जेठ गते अविरल वर्षासँगै आएको बाढीले श्रीमान् ६० वर्षीय चन्द्रबहादुर गुरुङलाई ढाँड खोलाले बगाएर बेपत्ता बनाएपछि आँशु थामिएका छैनन् सुकमायाको । बाढीले बेपत्ता बनाएको धेरै दिन सम्म पनि फेला पार्न नसक्दा पिढीँमा आँशु झार्दै बसिरहनु भएकी सुकमायाको पूर्वमन्त्री शङ्कर भण्डारी आँशु पुच्छ आईपुग्नु भयो । विभिन्न ठाडो खोलाहरु तर्दै पैदल हिँडेर आफ्नो पीडामा मलम लगाउन पूर्वमन्त्री भण्डारी काठमाडौं देखि दैलोमा आईपुग्दा पीडामा सुकमायाले केही आराम महशुस गर्नुभयो । ‘दुःखमा आत्तिनु हुँदैन हजुर आत्तिनुभयो भने छोराछोरी झन् बढी आत्तिन्छन् मन द¥हो बनाएर सहनुको विकल्प छैन आवास र गासको व्यवस्था हामी गछौं’ पूर्वमन्त्री भण्डारीले भन्नुभयो । जोखिम मोलेर खोला तर्दै बाढीले सडक विगारेको कारण पैदल हिँडेर पूर्वमन्त्री भण्डारी बाढी र पहिरोबाट पीडितको घर दैलोमा नै पुगेपछि उहाँले जनताको स्यावासी पाइरहनु भएको छ ।

पीडामा पर्नु भएकी सुकमायाको आर्थिक अवस्था कमजोर भएको र ओइलानी जग्गामा झुप्रो बनाएर बस्नु पर्ने बाध्यता र दैनिक ज्यालादारी काम गरेर परिवार पाल्ने श्रीमान नै बेपत्ता भएकाले पूर्वमन्त्री भण्डारीले व्यक्तिगत रुपमा २० हजार आर्थिक सहयोग गर्नुभयो । साथै भण्डारीले सम्बन्धित निकायलाई तत्कालै फोन गरी वेत्तपाको खोजी गर्न तालिम प्राप्त टोली परिचालन गर्न र राहत तथा पुर्नस्थापनाको लागि निर्देशन दिनु भएको थियो । यस्तै सोही ठाउँ निवासी अविरल वर्षा र चट्याङको घर भत्कनु भएका अर्जुनबहादुर कुँवरको परिवारलाई भेट गरी राहत तथा पुर्नस्थापनाको लागि पहल गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै