Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा ५ हजार अमेरिकी सेना रहेकाे एमाले सांसद बानियाँको दाबी

३० जेठ , काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको दाबी गरेका छन् ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसद बानियाँले यस्तो बताएका हुन् । ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ?,’ उनले भने, ‘यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’ एमसीसीबाट आउने ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको उनले आरोप लगाए ।

नाेपाल परराष्ट्र नितिमा पहिलेदेखि नै चुकिरहेकाे उनकाे भनाइ थियाे । ‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै