३१ जेठ , काठमाडौं । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेदवारको समान मतगणना भएपछि गोलाप्रथा गर्दा अधिकारी विजयी भएका हुन् । दुवै उम्मेदवारले ७-७ मत ल्याएका थिए ।
एमाले पक्षले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । तर गठबन्धनको सबै ७ मत कांग्रेसका रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरिएको हो ।






