Comments Add Comment

Advertisment

SKIP THIS

बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

३१ जेठ , काठमाडौं । बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले एक पत्रकार सम्मेलनमा बताए । सरकारले आक्रमणमा ५५ जना मारिएको जनाएको छ ।

विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् । सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए ।

जनवरीमा विद्रोही सिपाहीहरूले राष्ट्रलाई सुरक्षित गर्ने वाचा गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई हटाएका छन् । तर, हिंसा झन बढेको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment