Comments Add Comment

Advertisment

SKIP THIS

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

३१ जेठ , काठमाडौं । कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली बिक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्कलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुवैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर, बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए ।यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

जाजरकोटमा गर्भवती महिलाको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

जाजरकोटमा गर्भवती महिलाको मृत्यु