३१ जेठ , काठमाडौं । गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेल पुगेको खुलेपछि प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षकमिलन केसीमाथि प्रहरीले छानबिन सुरु गरेको छ ।
गुन्डा नाइके बस्नेतलाई भेट्न जेलभित्र पुगेको खुलेपछि काठमाडौं प्रहरी परिसरले डीएसपी केसीमाथि आन्तरिक छानबिन थालेको हो । निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका बस्नेतलाई भेट्न डीएसपी केसी आइतबार सुन्धारा कारागार पुगेको स्रोतले जनाएको छ ।प्रहरी स्रोतका अनुसार डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेका थिए ।
काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले भने डीएसपी केसीले गुण्डा नाइकेलाई भेटेकोबारे आफूले जानकारी लिइरहेको बताए ।







