३१ जेठ , काठमाडौं । धान दिवसको अवसर पारेर असार १५ गते नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासंघको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर ‘खेलाडी खेतमा दुई दिन’ भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ । महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ।
महासंघले संस्थामा आबद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो ।







