Comments Add Comment

Advertisment

SKIP THIS

सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ

१ असार , काठमाडौं । काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो।

घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो। उनको बायाँ कानमुनि चोट लागेको छ। उनको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।

प्रहरीका अनुसार घटनामा सोही कलेजका मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरू संलग्न देखिएका थिए।

म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

जोसन बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।

१० दिन अघि कलेजमा बास्केट बल खेल्दा विद्यार्थीहरूबीच बिबाद भएको थियो। त्यही विषयलाई कलेजमा मंगलबार दुई पक्षबीच झगडा हुन लागेपछि रोक्न पुगेका सुरक्षागार्डमाथि आक्रमण भएको थियो।

घटनाको थप अनुसन्धान प्रहरी वृत्त सिंहदरबारले गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै