Comments Add Comment

Advertisment

SKIP THIS

यूरोप मंकीपक्स संक्रमणको केन्द्र बन्दै

२ असार , काठमाडौँ । विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले यूरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत यूरोपका २५ देशहरूमा छन् । अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ ।

डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको छैन् । ‘यस प्रकोपको परिमाणले वास्तविक जोखिम निम्त्याउँछ । भाइरस जति लामो समयसम्म फैलिन्छ, त्यति नै यसको पहुँच विस्तार हुनेछ’, युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै