Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोट र नोट छाप्ने मेसिनसहित मामा भान्जा पक्राउ

२ असार , काठमाडौँ । कैलालीमा नक्कली नोट र नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका छन् । नक्कली नोटसहित प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र १८ वर्षीय अनुराग रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेहरु नातामा मामा भान्जा रहेको प्रहरीले जनाएको छ ।

रामदास रानाले धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँमा बि युनिक नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

अनुराग रानाले चलाएको मोटरसाइकलले साइकलयात्री टेकबहादुर छेडाललाई ठक्कर दिएपछि उनको उपचार गर्न पैसा तिर्ने क्रममा १ हजारको एक थान नक्कली नोट फेला परेको प्रहरील‍े जनाएको छ ।

नक्कली नोटका विषयमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अनुराग रानालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा रामदासले नक्कली नोट छाप्ने गरेको भन्ने पत्ता लागेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १ हजारका २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डब्बा, एक थान रंगीन प्रिन्टर, एक थान मनिटर, एक थान सिपियू, एक थान लेमिनेसन मेसिन, एक थान किबोर्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै