Comments Add Comment

Advertisment

SKIP THIS

एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय

३ असार , काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ।

शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको हो ।

बैठकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा प्रश्न उठेको भन्दै यसबारेमा जवाफ दिन असार ५ गते समितिको बैठकमा बोलाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै