Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित ट्राफिक प्रहरीले पक्राउ

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मी सडक खण्डबाट बास्तविक नम्बर परिवर्तन गरी बाग्मति प्रदेश-०२-०१५प४४०० नम्बरको सेतो २०० सि.सि.को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा जिल्ला मकवानपुर थाहा न.पा.-११ घर भई हाल कलंकी बस्ने वर्ष २३ को प्रताप तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बाग्मति प्रदेश-०२ – ०१२ प ८२०६ रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएको मोटरसाइकल झुलपोखरी मच्छेगाउँ थानकोटबाट हराएको भनी विविध बिष्टले हिलियासहित यस कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त थानकोटमा पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै