Comments Add Comment

Advertisment

SKIP THIS

महिला टि–ट्वान्टी क्रीकेट : नेपाल सेमिफाइनलमा

६ असार , काठमाडौं । एसीसी महिला टि–ट्वान्टी च्याम्पियनसिपमा च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायाे ।

नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन् । बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै