Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

६ असार , काठमाडौं । बैतडीको पज्यूनयाँमा सोमबार जिप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जिप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सञ्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment