Comments Add Comment

Advertisment

SKIP THIS

हत्याको आरोपमा एक जना पक्राउ

५ पुष काठमाडौ । भक्तपुरमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्‍या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भोजपुर केराबारी घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राईलाई पक्राउ गरेको हो ।

राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए । पक्राउ परेका उनीमाथि थप अनुसनधान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment