Comments Add Comment

Advertisment

SKIP THIS

बालिकालाई भारत लैजान लागेको आरोपमा प्रेमी प्रेमिका पक्राउ

१० असार , काठमाडौं । झापा बिर्तामोडकी १३ वर्षीया बालिका शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी थिइन् । उनी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए ।प्रहरीले बालिकालाई आइतबार फेला पार्‍यो तर विराटनगरमा । एक युवक र एक युवतीले भारततर्फ लैजाँदै गरेको अवस्थामा ‘साना हात नेपाल’ नामक संस्थाको सहयोगमा ती बालिकालाई प्रहरीले नाकाबाट उद्धार गरेको थियो ।शनिबार घरबाट स्कुल जान्छु भन्दै हिंडेकी बालिकालाई त्यस दिन राति हिराकुमार सहनीको डेरामा राखिएको थियो । भोलिपल्ट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीको दाबी छ ।

बालिकालाई भारत लगेको आरोपमा प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका– ५ मुर्तीचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका – ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ ।बालिकालाई बेच्न लगेको आशंका छ । पक्राउ परेका दुई जनालाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै