Comments Add Comment

Advertisment

SKIP THIS

क्यानडा पठाईदिन्छु भन्दै ३ लाख ठगी गर्ने फुलमाया जिरेललाई प्रहरीले मिनभवनबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ बस्ने फुलमाया जिरेल रहेकी छन् ।

पक्राउ परेकी जिरेलले वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै नवराज घिमिरेसंग ३ लाख ७४ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

जिरेलले क्यानडा पुगेपछि होटलमा काम लगाई दिने र राम्रो कमाई हुने भन्दै सुनिता गोतामेसंग ३ लाख ७४ रुपैयाँ लिएर भागेकी थिईन् । जिरेलले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जिरेललाई मिनभवनबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकी जिरेललाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै