Comments Add Comment

Advertisment

SKIP THIS

बाढीका कारण इन्डोनेसियामा तीन जनाको मृत्यु

१३ साउन , काठमाडौँ । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

भारी वर्षाले परीगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन इकाई प्रमुखले बताएका छन् ।

हिजो अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएकोे छ । प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि तीन जनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता भएको पत्ता लागेको हो । खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर तीन जनाको मृत्यु

डुबेर तीन जनाको मृत्यु

डुबेर तीन जनाको मृत्यु